काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो मल्टी ब्रान्ड सपिङ स्टोर बिग डिजिटलको आजदेखि सञ्चालनमा आएको छ।
नायिका तथा यस स्टोरकी ब्रान्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोस्थित ग्वार्को कम्प्लेक्समा यो स्टोरको एक समारोहबीच उद्घाटन गरेकी थिइन्। खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्किँदै निरन्तर प्रगतिको शिखरहरु आरोहण गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गरिन्।
त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्रान्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकलाई उपलब्ध गराउने ध्येयले यो स्टोरको स्थापना गरिएको बताए। ‘नेपाली ग्राहकको बदलिँदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ क्षेत्रमा नै नयाँ मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौँ’, उनले भने।
यो सपिङ स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टीभी र वाद्यबादनलगायतका उत्पादनहरु उपलब्ध छन्।
ग्राहकले खरिद गर्दा लक्की ड्रमार्फत विभिन्न आकर्षक उपहारको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन्। त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा निःशुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन्।
बिग डिजिटलको काठमाण्डौ उपत्यकामा ४ वटा नयाँ ठाउँमा आफ्ना स्टोरहरु विस्तार गर्ने अल्पकालीन योजना छ। यस्तै यसको दीर्घकालीन योजना भनेको देशका सातवटै प्रदेशमा नयाँ स्टोरहरुको स्थापना गर्नु रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago