काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले एकै दिन ६ वटा स्थानमा शाखा कार्यालय विस्तार गरेको छ। 

भर्खरै मात्र १० जिल्ला कार्यक्षेत्रमध्ये बागमती प्रदेशका शाखा कार्यालयहरु बिक्री हस्तान्तरण गरी प्रदेश नं. १ कार्यक्षेत्र बनाएको सपोर्ट लघुवित्तले प्रदेशभरि आफ्नो उपस्थिति जनाई प्रदेश स्तरमा सबल र सक्षम रही वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ अगाडि बढेको छ।

संस्थाले एकैदिन प्रदेश नं. १ को मोरङ जिल्लाका विभिन्न गाउँपालिकाहरुमा ६ वटा शाखा विस्तार गरेको हो। संस्थाले महेशपुर, भौडाहा, लखन्तरी, मोतीपुर, हात्तीमुडा र लक्ष्मीनियाँमा शाखा विस्तार गरेको छ। 

आगामी दिनहरुमा प्रदेश नं. १ का बाँकी जिल्लाहरुमा शाखा विस्तार गर्ने योजना बनाएको छ।