बुटवल। शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले रुपन्देहीको बुटवलस्थित आफ्नो एक्सक्लयुसिभ शोरुमबाट युवालक्षित १२५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल ‘टीभीएस रेडर’ सार्वजनिक गरेको छ। 

आज आयोजित एक कार्यक्रमबीच सप्तरंग ३ का चर्चित गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, मिडिया व्यक्तित्व नरेश भट्टराई र निता प्रधांगना, टिकटक स्टार उषा उप्रेतीको उपस्थितिमा टीभीएस रेडर सार्वजनिक गरिएको हो। 

यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्पजस्ता फर्स्ट–इन–क्लास फिचर्सका साथै फर्स्ट–इन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ।