काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले शानदार  जित हासिल गरेका छन् । 

उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई १० हजार मतान्तरले हराउँदै जित हासिल गरेका हुन् । 

सप्तरीको क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेका यादव २१ ह्जार ६ सय ३० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ७९ मत मात्र ल्याए । 

यादव फोरम राजपा गठबन्धनको तर्फबाट उम्मेद्वार भएका थिए । उनलाई कांग्रेसले समेत समर्थन गरेको थियो । 

संविधानसभाका दुुई  निर्वाचनमा सुनसरीको निर्वाचन क्षेत्रनम्बर ५ बाट निर्वाचित भएका उनी यो पटक आफ्नो सप्तरी सरेका थिए । २ पटक निर्वाचन जितेको क्षेत्रको माहौल केही खराब देखेपछि बाठा यादव सप्तरीतर्फ लागेका थिए, जहाँ राजपा र कांग्रेसको समेत सहयोगले उनले जित निकालिछाडे ।