काठमाण्डौ । आईटी तथा ईकमर्स कलेजका रुपमा परिचित सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना हुने भएको छ।
आउँदो बिहीबार (साउन ११ गते)देखि काठमाण्डौको डिल्लीबजारस्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरुको चारदिने प्रदर्शनी सुरु हुने भएको हो। आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरुको वार मुख्य आकर्षणका रुपमा रहने आयोजक कलेजले जनाएको छ। यस प्रदर्शनीको उद्घाटन नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माद्वारा हुनेछ।
यसका साथै एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीहरुले तयार पारेका विभिन्न प्रोजेक्टहरुसमेत हेर्न पाइनेछ। प्रदर्शनीमा नवप्रवर्तनसम्बन्धी ३० भन्दा बढी प्रोजेक्टका स्टलहरु रहने छन्। जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टिविहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटीसहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टम रहेका छन्।
यसैगरी कोलोनीका लागि आगलागी सम्बन्धी सुचना दिने फायर अलार्म सिस्टम, स्मार्ट वाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीका साथै स्मार्ट प्रिसिजन एग्रिकल्चरसम्बन्धी प्रोजेक्टसमेत राखिनेछन्। यसबाहेक रिमोट मनिटरिङसहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीले बनाएका छन्।
स्मार्ट फोहोर व्यवस्थापन प्रणाली, अण्डा कोरल्ने स्मार्ट सिस्टम, स्मार्ट डुंगा, स्मार्ट हाइड्रोपोनिक, सर्भिलेन्स मिलिट्री रोबोट लगायतका नवीनतम परियोजनासमेत प्रदर्शनीमा देखिनेछन्।
साउन १४ गतेसम्म चल्ने मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क रुपमा अवलोकन गर्न सकिनेछ। बेलायतको कोभेन्ट्री युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस कलेजमा इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी, कम्प्युटिङ, डेटा साइन्स तथा कम्प्युटेसनल इन्टेलिजेन्सलगायतका विषयहरुको अध्यापन हुने गरेको छ।
कलेजमा अध्ययनरत विद्यार्थीहरुले तयार पारेका प्रोजेक्टहरु सार्वजनिक गर्न हरेक वर्ष प्रदर्शनी आयोजना हुँदै आएको छ। आईओटी एक्सपोको रुपमा परिचित सफ्टवेरिकाको प्रदर्शनी यस पटक भने टेक एक्सपोको नाममा प्रस्तुत गरिँदैछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago