काठमाण्डौ । नेपालको सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रुपमा खल्ती सम्मानित भएको छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा डिजिटल वालेट खल्तीलाई सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायक (पीएसपी) को रुपमा सम्मानित गरेको हो ।
खल्तीले मोबाइल रिचार्ज, बिल भुक्तानी र टिकट बुकिंगसहित सेवाहरूको विस्तृत श्रृंखलाको साथ वित्तीय समावेशीकरणलाई बढावा दिन काम गरिरहेको छ ।
साथै डिजिटल वालेट खल्तीले पछिल्लो समय, मुभि/ सिनेमा टिकेटिङ, क्यापिटल मार्केटको भुक्तानी, विभिन्न सरकारी सेवाहरुको भुक्तानीमा समेत काम गर्दै आएको छ ।
सम्मानपछि खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले नेपालमा वित्तीय समावेशीकरण सृजना गर्ने उद्धेष्यका साथ सुरू गरिएको खल्तीले अझ नबिनतम सेवा तथा सुबिधाहरु ल्याई निर्बाध डिजिटल भुक्तानीका कार्यहरु गर्ने बताएका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19