काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेकोे एक समारोहका बीच वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भित्र्याउन सफल भएकोमा हिमालयन बैंक लिमिटेडलाई सम्मानित गरेको छ।
वार्षिकोत्सव समारोहमा सम्मानस्वरुप राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरे। हिमालयन बैंकले आर्थिक वर्ष २०७८–७९ मा देशमा भित्रिएको कुल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सम्मान हासिल गरेको हो।
करिब २ दशकदेखि आफ्नो विप्रेषण सेवा ‘हिमालरेमिट’मार्फत ग्राहकलाई समयानुकूल सेवा–सुविधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ। बैंकले संसारभरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जालमार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रित प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा सञ्चालन गर्दै आएको छ।
हाल बैंकले देशभरि फैलिएका हिमालरेमिटका १८ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ भने बैंकले देशभरि रहेका १८९ शाखा, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएमबाट आफ्ना ग्राहकलाई सेवा पनि प्रदान गर्दै आएकोे छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago