काठमाण्डौ । समृद्धि फाइनान्सले शनिबार संस्थाको जनकपुर, बनेपा र नारायणगढ शाखाबाट वृक्षरोपण कार्यक्रम गरेको छ। साउन महिनाको पहिलो हप्ताबाट सुरु भएको वृक्षरोपण कार्यक्रम संस्थाका १३ वटै शाखाबाट सम्पन्न गरिसकेकोे संस्थाले जनाएको छ।
यसका साथै फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमहरुको सूचीमध्ये साउन महिनाका लागि तय भएको कार्यक्रमका रुपमा वृक्षरोपणको समापन गरेको हो। आर्थिक वर्ष २०८०–८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पूर्ण १३ वटै शाखाबाट विभिन्न कार्यक्रम गर्ने तय भएकोसमेत संस्थाले जनाएको छ।
संस्थाले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19