काठमाण्डौ । समृद्धि फाइनान्सले आज (साउन १ गते) बाट नेपालको जुनसुकै ठाउँबाट अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ। यसका साथै कोभिड लागेका ग्राहकका लागि कोभिडको उपचारमा सहयोग पुर्याउन कोभिड रिलिफ लोन प्रदान गर्ने व्यवस्था गरेको छ।
ग्राहकले अनलाइन अकाउन्ट सुविधाको प्रयोग गर्दै जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्नेछन् । त्यस्तै संस्थाका नयाँ तथा पुराना ग्राहकको उपचार तथा हस्पिटलको बिल भुक्तानी गर्नका लागि “गाह्रो साह्रोमा सहयोग गर्न छँदैछ नि समृद्धि फाइनान्स” भन्ने मूल नाराका साथ रु. ५० हजारदेखि रु. ५ लाखसम्मको कोभिड रिलिफ लोन उपलब्ध गराउने भएको छ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँचवटा शाखामार्फत कारोबार गर्दै आएको छ। संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ।
संस्थाले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधा प्रदान गरिरहेको छ। निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ।
यसका साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ तथा ई–केवाईसीलगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्यायने संस्थाले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago