काठमाण्डौ। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज (साउन ८ गते) देखि आफ्ना ग्राहकलाई कर्पोरेट पे सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ।
उक्त सुविधाको प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजश्व भुक्तानी तथा अन्य भुक्तानीहरु गर्न सक्नेछन्।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको फाइनान्सले हालको डिजिटल युगलाई आत्मसाथ गर्दै ग्राहकलाई मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड, अनलाइन खाता खोल्नेजस्ता डिजिटल सुविधा र आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ सुविधाहरु प्रदान गरिरहेको छ।
हाल ५ वटा शाखामार्फत कारोबार गर्दै आएको संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ। निक्षेपमा आकर्षक व्याजदर कायम गरेको संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा, कोभिड रिलिफ कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ।
यसका साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण भर्नेलगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउनले तयारी भइरहेको संस्थाले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago