काठमाण्डौ । समृद्धि फाइनान्सले खाता खोल्ने ग्राहकलाई बचत पनि बीमा पनि भन्दै “समृद्धि सुरक्षित जीवन बचत खाता” सञ्चालनमा ल्याएको छ।
यसअन्तर्गत समृद्धि सुरक्षित जीवन बचत खाता (सरल) र समृद्धि सुरक्षित जीवन बचत खाता (स्वर्णीम) भनी दुईवटा बचत खाता रहेका छन्। समृद्धि सुरक्षित जीवन बचत खाता (सरल) मा न्यूनतम १० हजार रुपैयाँ राख्नुपर्ने र ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा हुनेछ भने समृद्धि सुरक्षित जीवन बचत खाता (स्वर्णीम) मा न्यूनतम ५० हजार राख्नुपर्ने र ७ लाख सम्मको दुर्घटना बीमा तथा १ लाख रुपैयाँसम्मको औषधोपचार बीमा सुविधा लिन सक्नेछन्।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको फाइनान्सले हालको डिजिटल युगलाई आत्मसाथ गर्दै ग्राहकलाई मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यू.आर कोड, अनलाइन खाता खोल्नेजस्ता डिजिटल सुविधा र आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ सुविधाहरु प्रदान गरिरहेको छ।
हाल पाँचवटा शाखाहरुमार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ। निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा, कोभिड रिलिफ कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ।
यसका साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण भर्नेलगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँदैछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago