काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेड अनलाइन बजारबीच कन्जुमर ईएमआई कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ।
अब ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको सामग्री खरिदमा जिरो प्रतिशत ब्याजदरमा ए टु जेड अनलाइन बजार तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महिनादेखि ३६ महिनासम्मका लागि उक्त कर्जा सुविधा पाउनेछन्। सो सम्झौतापत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र ए टु जेड अनलाइन बजारका तर्फबाट कार्यकारी सञ्चालक प्रकाश पाठकले हस्ताक्षर गरेका छन्।
फाइनान्स कम्पनीका बजार तथा व्यवसायक प्रवद्र्धन प्रमुख शालिकराम पन्थीका अनुसार उक्त कर्जा बैंकका नयाँ तथा पुराना ग्राहकलाई मध्यनजर गर्दै बनाइएको हो। यो कर्जाले ग्राहकलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न सहज हुने बताइएको छ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले हाल ५ वटा शाखामार्फत कारोबार गर्दै आएको छ। संस्थाले आगामी दिनमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ।
संस्थाले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधा प्रदान गरिरहेको छ। निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ।
यसका साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ तथा ई–केवाईसीलगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याइने संस्थाले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19