काठमाण्डौ । समृद्धि फाइनान्सको सञ्चालकमा सुजन अधिकारी नियुक्त भएका छन्।
अधिकारी नेपा पेट्रोलियम ट्रेड लिंक प्रालिबाट मनोनित भएका हुन्। सञ्चालक समितिको गत भदौ ३० गते बसेको वैठकबाट नियुक्त भएका अधिकारीलाई आश्विन ५ गते संस्थाको शाखा कार्यालय पुतलीसडक काठमाण्डांैमा एक कार्यक्रमका बीच सञ्चालक समितिका अध्यक्ष विनोद कुमार सुवेदीको अध्यक्षता बसेको वैठकले स्वागत गरेको छ।
समृद्धि फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ। सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ।
समृद्धि फाइनान्सले हाल पाँचवटा शाखामार्फत कारोबार गर्दै आएको छ। संस्थाले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधा प्रदान गरिरहेको छ।
संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ। यसका साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ तथा ईकेवाईसीलगायतको प्रबिधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याइने संस्थाले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19