काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर ११ गते शनिवार बिजनेस डेभलपमेन्ट वर्कसप सम्पन्न गरेको छ।

काठमाण्डौको एयरपोर्ट होटेलमा आयोजित वर्कसपमा बजारमा देखिएको तरलताको अभावलाई मध्यनजर गरी व्यापारको विकास र विस्तार गर्न अवलम्बन गरिने आगामी रणनीतिहरुका बारेमा छलफल भएको छ। कार्यक्रममा संस्थाको उच्च व्यवस्थापन, सबै शाखाका शाखा प्रबन्धक र अन्य कर्मचारीहरुको उपस्थिति थियो। 

कार्यक्रममा व्यापार प्रवर्द्धनका लागि थप रणनीतिक योजना, कार्यक्रम, प्रोडक्कलगायतका विषयमा छलफल गरिएको थियो।
समृद्धि फाइनान्सले बचत खातामा उच्चतम ब्याजदरमा निक्षेप संकलन गरिरहेको छ। सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ । जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम ब्याजदर हो।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँचवटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ भने आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ। 

संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ। यसका साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ तथा ई–केवाईसीलगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याइनेले संस्थाले जनाएको छ।