काठमाण्डौ। समृद्धि फाइनान्स र नेपाल पेमेन्ट सोलुसनबीच वालेट प्रयोगसम्बन्धीे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापछि फाइनान्सका ग्राहकले नेपाल पेमेन्ट सोलुसनसँग आवद्ध विभिन्न २२ वटा वालेटबाट निःशुल्क फन्ड ट्रान्सफरको सुविधा प्रयोग गर्न पाउने छन्।
सम्झौता समृद्धि फाइनान्सको शाखा कार्यालय काठमाण्डौको पुतलीसडकमा भएको थियो। फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनी र नेपाल पेमेन्ट सोलुसनका तर्फबाट चिप एक्सपिरियन्स अफिसर प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन्।
समृद्धि फाइनान्सले बचत खातामा उच्चतम व्याजदरमा निक्षेप संकलन गरिरहेको छ। सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ। जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम ब्याजदर हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19