काठमाण्डौ। समृद्धि फाइनान्स कम्पनी लिमिटेड र रेमिट टु नेपाल प्रालिबीच रेमिट्यान्स सम्झौता भएको छ।
सम्झौता फाइनान्सको पुतलीसडक शाखामा भएको हो। सम्झौतामा समृद्धि फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक विनोदराज पौडेल र रेमिट टु नेपालका तर्फबाट महाप्रवन्धक सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन्।
यो सम्झौतापश्चात खाडी मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउन अझ सहयोग मिल्ने र ग्राहकहरुलाई थप रेमिट्यान्स सुविधा उपलब्ध हुने कुरा फाइनान्सका सञ्चालन विभाग प्रमुख सुरज सर्राफले जानकारी गराए।
समृद्धि फाइनान्सले ५ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ। फाइनान्सले बचत खातामा उच्चतम व्याजदरमा निक्षेप संकलन गरिरहेको छ।
सामान्य बचत खातामा ७.५ प्रतिशत ब्याज प्रदान गरेको छ। जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम ब्याजदर हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19