काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीका ग्राहकले बिज बजारबाट सामान किन्दा १० प्रतिशत छुट पाउने भएका छन्।

समृद्धि फाइनान्स र अनलाइन कम्पनी बिज बजारबीच आज छुटसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनी र बिज बजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज गौतमले हस्ताक्षर गरेका छन्। 

यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकले नयाँ खाता खोलेबापत रु. २०० को सपिङ भौचर  पाउनेछन्। यसका साथै एक वर्ष समयावधि भएको रु. १ लाख वा सोभन्दा बढी को मुद्दति खाता खोलेबापत रु. ५०० को सपिङ भौचर प्राप्त गर्ने फाइनान्सले जनाएको छ। 

यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ। 

समृद्धि फाइनान्स पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ।