काठमाण्डौ । समृद्धि फाइनान्सले फागुन २१ गते खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम संस्थाका काठमाण्डौ, हेटौँडा, नारायणगढ र पोखरा शाखाबाट सञ्चालन गरेको थियो। बिहान १० बजेदेखि सुरु गरिएको कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए।
कार्यक्रम नेपाल स्वयंसेविक रक्तदाता समाजको सहकार्यमा गरिएको हो। समय–समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक ११.७१ प्रतिशत र सामान्य बचत निक्षेपमा अधिकतम ७.५० प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खातासमेत सञ्चालनमा ल्याएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19