काठमाण्डौ । समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ। 

संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले आज काठमाण्डौको पुतलीसडक शाखा कार्यालयमा एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेका हुन्। फाइनान्सका व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफका अनुसार नयाँ क्यालेन्डरका साथै ई–क्यालेन्डर पनि आपm्नो आधिकारिक अनलाइन पेज फेसबुक, इस्टाग्राम र ट्विटर तथा वेभसाइटमार्फत सार्वजनिक गरिएको छ। 

फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२.२५% र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खाताहरुसमेत सञ्चालनमा ल्याएको छ। फाइनान्सले हाल ५ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ। चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालनमा ल्याइने संस्थाले जनाएको छ।