काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेड अनलाइन बजारबीच आज छुट सम्झौता भएको छ।
सम्झौता कार्यक्रम फाइनान्सको काठमाण्डौको पुतलीसडकस्थित शाखा कार्यालयमा भएको हो। यो सम्झौतापछि फाइनान्सका ग्राहकले ए टु जेड अनलाइन बजारबाट सामग्री जस्तै– ल्यापटप, मोबाइल, टीभी र अन्य इलेक्ट्रोनिक्स सामानहरु खरिद गर्दा अधिकतम २० हजार रुपैयाँसम्म वा १२.५ प्रतिशतसम्म छुट पाउनेछन्।
उक्त सुविधा मोबाइल बैंकिङ, डेबिट कार्ड, कनेक्ट आईपीएस, नेपालपे क्यूआर कोड प्रयोग गरी उक्त छुट प्रदान गरिने फाइनान्सका व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए।
फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२.२५% र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक ब्याजदरसहितका विभिन्न बचत खाताहरुसमेत सञ्चालनमा ल्याएको छ।
फाइनान्सले हाल ५ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago