काठमाण्डौ । समृद्धि फाइनान्सले आज वैशाख २३ गते पुतलीसडक, पोखरा र बुटवल शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
पुतलीसडक शाखाले मिल्टन इन्टरनेसनल कलेजमा, पोखरा शाखाले लायन्स क्लबको सहयोगमा अमरसिंह माविमा र बुटवल शाखाले वडा नं. ११ को टोल विकास समितिमा कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा विद्यार्थी कशोरकिशोरी तथा युवाको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसका माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको संस्थाका व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरजकुमार सर्राफ र पुतलीसडक शाखा प्रमुख विक्रम ज्ञवालीले जानकारी गराए।
फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२.२५% र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक ब्याजदर सहितका विभिन्न बचत खातासमेत सञ्चालनमा ल्याएको छ। फाइनान्सले हाल ५ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago