काठमाण्डौ । समृद्धि फाइनान्सले आज (असार २७ गते) काठमाण्डौको बालाजुमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

फाइनान्सले असार महिनामा आफ्नो पाँचवटै शाखाहरुबाट उक्त कार्यक्रम विभिन्न मितिमा सम्पन्न गरेको छ। फाइनान्सले समय–समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरु गर्दै आएको संस्थाका कामु प्रमुख व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी गराएका छन्। 

समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ। यसका साथ–साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँचगुणा र २० वर्षमा पैसा आठगुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ। फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ।