काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी र थर्टी टु क्याफे एन्ड कफी स्टेसनबीच आज (साउन ५ गते) छुट सम्झौता भएको छ।
सम्झौतापत्रमा समृद्धि फाइनान्सका मुख्य व्यवस्थापक विनोदराज पौडेल र थर्टी टु क्याफेका म्यानेजर अमन अईयरले हस्ताक्षर गरेका छन्। यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकहरुलाई थर्टी टु क्याफेले फुड र बेभरेजमा १०% देखि १२% सम्म छुट दिने भएको छ।
पुतलीसडकमा शंकरदेव क्याम्पसनजिकै रहेको यो क्याफे धेरै प्रसिद्ध छ। यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सका कामु प्रमुख व्यवसाय प्रवर्द्धन विकास अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago