काठमाण्डौ । समृद्धि फाइनान्सले हेटौँडा, काठमाण्डौ र बुटवलमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
फाइनान्सले हेटौँडा उपमनपा–१ मा रहेको श्री अमर माध्यमिक विद्यालय, काठमाण्डौको महाराजगन्जमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालयय र बुटवल उपमनपा–११ मा रहेको श्री मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरेको थियो। यस कार्यक्रमअन्तर्गत २७० जना विद्यार्थीहरुलाई १ हजार ३५० थान कापी र २७० थान पेन वितरण भएको संस्थाका कामु प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी गराए।
फाइनान्सले हाल ५ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ। शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने फाइनान्सले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago