काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर २८ गते बनेपामा न्यानो लुगा वितरण गरेको छ।
फाइनान्सले बनेपा–८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका विद्याार्थीहरुलाई न्यानो लुगा वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो। यस कार्यक्रमअन्तर्गत २६ जना विद्यार्थीलाई यस संस्थाका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्य माध्यमिक विद्यालयकी प्रधानाध्यापक निशादेवी मानन्धरको उपस्तिथिमा ज्याकेट वितरण गरिएको यस संस्थाका व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी गराएका छन्। फाइनान्सले समय–समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ।
फाइनान्सले ३ महिनाको मुद्दति निक्षेपमा सर्वाधिक १३% र बचत निक्षेपमा अधित्तम १०% सहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खाताहरुसमेत सञ्चालनमा ल्याएको छ।
समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने मुद्दति निक्षेप योजना र यसका साथसाथै फाइनान्सले ८ वर्ष ९ महिनामा पैसा तेब्बर, १२ वर्ष १० महिनामा पैसा पाँचगुणा र १६ वर्ष ६ महिनामा पैसा आठगुणा हुने मुद्दति निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ। फाइनान्सले हाल आठवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19