काठमाण्डौ। समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच आज छुट सम्झौता भएको छ।
यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको ई–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट रु. १५ हजारसम्म छुट दिने भएको छ।
सम्झौतापत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टु जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत विकास भण्डारीले हस्ताक्षर गरेका छन्।
समृद्धि फाइनान्सका ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोर्डमार्फत लेक्ट्रो ब्रान्डको ई–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट रु. १५ हजार छुट हुने संस्थाका व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफले जनाएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago