काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सर्लाहीको गैरस्थित नवौं शाखाको सोमबार उद्घाटन गरिएको छ।
कविलासी नगरपालिकाका मेयर ब्रह्मदेव राय र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुजन अधिकारीले गैर शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। यो नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल ९ वटा पुगेको छ।
संस्थाले यसै साता थप ३ नयाँ शाखा उद्घाटन गर्ने योजना रहेको जनाएको छ। संस्थाको आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, एसएमएस अलर्ट, क्लियरिङलगायतका सेवा सञ्चालनमा रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago