काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल ठमेल पार्कबीच शुक्रबार समझदारी भएको छ। 

यो समझदारीपछि आज साउन २० देखि २०८१ साउन १९ सम्म समृद्धि फाइनान्सका ग्राहकले उक्त होटेलमा सेवा तथा सुविधाहरु लिएबाापतको शुल्क समृद्धि फाइनान्सको मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्यूआर प्रयोग गरी भुक्तान गर्र्दा २०% सम्मको भारी छुट प्राप्त गर्ने छन्। 

त्यस्तै उक्त होटेलमा स्पामा २०%, खाना, पेय पदार्थ र आवासमा १५% छुट प्राप्त गर्नेछन्। यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ। 

समझदारीपत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनी र होटेल ठमेल पार्कका तर्फबाट व्यवस्थापक प्रमुख कृष्णप्रसाद ढकालले हस्ताक्षर गरेका छन्। 

समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड  जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ।