काठमाण्डौ । समृद्धि फाइनान्स र हिमालयन क्यापिटलबीच पीएमएस व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ। 

यस सम्झौताअनुसार हिमालयन क्यापिटलले उक्त संस्थामा आबद्ध ग्राहकको पीएमएस व्यवस्थापनका लागि आवश्यक बैंकिङ सुविधाका लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्नेछ। सम्झौतापत्रमा आज समृद्धिका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनी र हिमालय क्यापिटलका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्। 

समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ।