काठमाण्डौ । बचतकर्ताको बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हालको समयसापेक्षलाई मध्यनजर गर्दै ‘समृद्धि बचत धमाका’ योजना ल्याएको छ। 

यो योजनाअन्तर्गत ग्राहकले समृद्धि फाइनान्सको धमाका योजनामा आफ्नो बचतलाई ७१ महिना ५ दिनमा दोब्बर, ११२ महिना २३ दिनमा तीनगुणा, १६५ महिना ६ दिनमा पाँचगुणा र २१३ महिना १३ दिनमा आठगुणासम्म बढाउन सक्नेछन्। यसका साथै रेमिट्यान्स बचत धमाका योजनाअन्तर्गत बचतकर्ताले आफ्नो बचतलाई ६५ महिना २८ दिनमा दोब्बर, ८९ महिना १४ दिनमा तीनगुणा, १३४ महिनामा पाँचगुणा र १६८ महिना २१ दिनमा आठगुणासम्मको उच्चतम प्रतिफल पाउन सक्नेछन्।

त्यस्तै समृद्धि फाइनान्सले बचत तथा मुद्दति खातामा पनि उच्चतम ब्याजदर दिइरहेको छ। बचतमा १० प्रतिशतसम्म र मुद्दतिमा १२.५० प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको छ। संस्थाले निक्षेपकर्तालाई प्रोत्साहन होस भनेर अधिकतम व्याजको योजना अघि सारेको जनाएको छ। 

समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ। संस्थाले आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधासमेत प्रदान गरिरहेको छ।