काठमाण्डौ । समृद्धि फाइनान्सले बडादसैँ २०८० को उपलक्ष्यमा  “Samriddhi  बाट Recharge अब हुनेछ free charge”  योजना ल्याएको छ ।

उक्त योजना अन्तर्गत कम्पनीको मोबाइल बैंकिङ प्रयोग गरी ५०० रुपैयाँ वा सोभन्दा बढी रकम टप अप गर्दा ५ जना भाग्यशाली ग्राहकहरुले सय प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् ।

उक्त योजना २०८० साल असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म लागू हुने कम्पनीले बताएको छ ।

 कम्पनीले हाल १३ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

त्यसैगरी, कम्पनीले आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।