काठमाण्डौ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाईरसले संसारका प्रायः सवै देशहरुलाई आक्रान्त बनाई रहेको छ । नेपाल समेत यस भाईरसको महामारीसंग जुध्न तथा फैलिन नदिन प्रयासरत रहेको छ । नेपाल सरकारले विभिन्न निर्देशनहरु जारी गरि लागू गरिरहेको छ । देश बन्दाबन्दि कै अवस्थामा छ । यस्तो नाजुक अवस्थामा समेत परिसंघले आफ्नो तर्फबाट सहयोग गरिरहेको छ । स्वास्थ्य सम्बन्धी राहतका सामाग्रीहरु सरकारलाई उपलब्ध गराई रहेको छ भने अत्यावश्यकीय वस्तुको उत्पादन तथा वितरण गर्न आफ्ना सदस्य प्रतिष्ठानहरुलाई उत्प्रेरित गरिरहेको छ ।

अत्यावश्यक बाहेक अन्य क्षेत्र बन्द रहेको तथा विश्वको अर्थन्त्रको प्रभाव नेपालमा समेत पर्ने निश्चित छ । यस्तो अत्यन्त नाजुक अवस्थाबाट अर्थतन्त्रलाई जोगाई राख्न हालै नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागत योग्य रहेको परिसंघले महशुस गरेको जनाएको छ । मैद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता बचाईराख्न सहयोग पुग्ने परिसंघले विश्वास लिएको बताएको छ ।
 विभिन्न समयमा परिसंघले उठाउदै आएका विभिन्न विषयहरुलाई नेपालको केन्द्रीय बैंकले मनन गरेको छ, यसले निश्चितरुपम निजी क्षेत्रको मनोवललाई जोगाई राख्न मद्दत पुग्ने हाम्रो विश्वास छ ,परिसंघबाट जारी विज्ञप्तिमा भनिएको छ। 
यस्तै नेपाल सरकारले हिजै वित्तीय क्षेत्रका समेत केही महत्वपूर्ण निर्णय लिएको छ । नेपालको अर्थव्यवस्थालाई जोगाई राख्न सरकारसंग निकै ठूलो अपेक्षा गरिएको समयमा राहतको घोषणा गरिएको हो । सरकारले गरिव परिवार तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई राहतको व्यवस्था गर्ने निर्णय गरेको छ । यो सरकारले लिएको अत्यन्त सकारात्मक कदम हो । हाललाई अल्पकालीन राहतको व्यवस्था गरि मध्य तथा दीर्घकालीन राहत समेत सरकारले ल्याउने परिसंघले विश्वास लिएको छ । जुन अर्थतन्त्रलाई जोगाई सामाजिक सहति व्यवसायिक जगतलाई पुनरसिंचित तथा पुनरजागरण गर्न आवश्यक रहेको छ । हाल बन्द रहेका उद्योग तथा व्यवसायलाई पुनः पूर्ण क्षमतामा सुचारु गराउने दायित्व सवैको हो, यस्तो अवस्थामा निजी क्षेत्रको मनोवललाई कम हुन नदिन हामी सरकार लगायत सवै सरोकारवालासंग हार्दिक आग्रह गर्न चाहन्छौं,विज्ञप्तिमा भएिको छ ।