काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन्।
काठमाण्डौको टेकुस्थित महासंघको केन्द्रीय कार्यालय टेकूमा मंगलबार ढकालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार दर्ता गराएका हुन्। ढकालको प्यानलबाट महासंघका सबै उपाध्यक्षसहित अन्य पदमा पनि उम्मेदवारी दर्ता भएको छ।
ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गरेका छन्। केन्द्रीय सदस्यमा हेमराज ढकाल, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, जय सिबाकोटी, सुवास भण्डारी,सुमित केडिया, कमला श्रेष्ठ, आकास अधिकारी, नरेशलाल श्रेष्ठ र रविनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
महासंघको ५४ औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाण्डौमा हुँदैछ। हिजोमात्रै महासंघको वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानले सोमबार उम्मेदवारी दर्ताको घोषणा गरेका थिए।
काठमाण्डौको भिभान्त होटलमा आयोजित एक कार्यक्रमबीच प्रधानले उम्मेदवारी दर्ताको घोषणा गरेका सिथए। कार्यक्रममा प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतिले उम्मेदवारी दर्ताको घोषणा गरेका हुन्।
महासंघ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। सोही कारण वरिष्ठ उपाध्यक्षमा तीव्र प्रतिस्पर्धा हुन्छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago