काठमाण्डौ । अहिलेको आधुनिक युगमा विद्युत बिनाको दैनिकी कल्पना पनि गर्न सकिँदैन। विद्युतले जीवन सहज अवश्य बनाएको छ। तर, ससाना असावधानीले पनि ठूलठूला दुर्घटना घटेका समाचारहरु पनि नियमित रुपमा आइरहन्छन्। 

विद्युत सर्ट भएर आगलागी भएको घटनाहरु हाम्रा लागि कुनै नौलो हैन। यस्ता दुर्घटनाले मानिसको अंगभंग हुनेदेखि लिएर ज्यानै जाने र आर्थिक हिसाबमा पनि ठूलो रकमको धनजनको क्षति हुनुका साथै कारोबार नै बन्द गर्नुपर्ने सम्मको स्थिति आउन सक्छ। 

यस्ता धेरै समस्याको मुख्य कारण भनेको नै घर बनाउँदा वायरिङका लागि प्रयोग गरिने पाइपको सही छनोट गर्न नसक्नु नै हो। एक त नेपाली बजारमा यस्ता दुर्घटनाबाट जोगाउने आधुनिक र सुरक्षित उत्पादनहरु नै त्यति उपलब्ध थिएन बजारमा र अहिले उपलब्ध उत्पादनको बारेमा पनि खासै धेरै मानिसहरुलाई थाहा छैन। त्यसैले उनीहरुले वायरिङकै लागि बनेको वायरसेफ पाइप प्रयोग गर्नुको सट्टा खानेपानीका लागि प्रयोग हुने पाइप अथवा अर्को कालो एच्डिपिइ पाइप प्रयोग गर्ने गर्दछन्। तर, त्यस्ता पाइपहरु वायरिङका लागि बनेको नहुने हुँदा सर्ट सर्किट भएको खण्डमा त्यस्ता पाइपहरुले सुरक्षा दिन सक्दैनन्। 

उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर यस्ता दुर्घटनाहरु कम गर्ने मुख्य उद्देश्यको साथ मंगलम उद्योगले मंगलम वायरसेफ बजारमा ल्याएको छ। यी पाइपहरु विद्युतको कुचालक भएको हुँदा यिनीहरु अग्निप्रतिरोधी छन्। वायरसेफको मुख्य विशेषता भनेको यसमा भएको फायर रिटार्डेन्ट लो स्मोक प्रविधि हो। जसले गर्दा तारहरु सर्ट भइहाले पनि आगो पाइप भित्रै निभ्छ र बाहिर फैलिन पाउँदैन। भन्नुको मतलब यी पाइपहरु प्रयोग गरेपछि आफ्नो घरमा विद्युत सर्ट सर्किट भएर आगलागी हुने डरबाट सधैँका लागि मुक्त भइन्छ। 

यिनीहरुको जोइन्ट र फिटिङ्स स्लिप–अन सल्भेन्ट वेल्डेड कनेक्सनले बनेको हुँदा वायरिङ गर्न सजिलो हुनुका साथै छोटो समयमा नै बलियोसँग जोडिन्छन्। यसका साथै यिनीहरु कोरोजन रेसिस्टान्ट भएको हुनाले धेरै टिकाउ हुने हुन्छन्। जसले गर्दा मर्मतसम्भारको खर्च पनि स्वतः कम हुन्छ। 

यी पाइपहरु वजनमा धेरै हल्का र किफायती त छन् नै वातारणमैत्री पनि छन्।