काठमाण्डौ । शाखा सञ्जाल विस्तारमा आक्रामण देखिएको प्रभ बैंक लिमिटेडले सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा आफ्नो १९९ औं शाखा सञ्चालनमा ल्याएको छ ।
शाखाको उद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले गरे । देवकोटाले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवाविस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । उनले प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएकोमात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उल्लेख गर्दै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे।
उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो ।
बयलबास शाखाबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा बयलबास शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19