काठमाण्डौ । नेपालकै प्रतिष्ठित कम्पनी सौरभ ग्रुपअन्तर्गतको गुणस्तरीय फलामे छड उत्पादक सर्वाेत्तम स्टीलले इन्जिनियर तथा ठेकेदारहरुलाई लक्षित गर्दै प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ।
जगदम्बा सिमेन्टसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमको मुख्य उद्देश्य इन्जिनियर तथा ठेकेदारलाई गुणस्तरीय घर निर्माणसम्बन्धी जानकारी तथा प्राविधिक ज्ञान प्रदान गर्नु थियो।
कार्यक्रममा सर्वाेत्तम स्टिलका तर्पmबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले इन्जिनियर तथा ठेकेदारलाई सर्वाेत्तम स्टिलको गुणस्तरीयता तथा प्राविधिक विवरणबारे जानकारी प्रदान गराएका थिए।
जगदम्बा सिमेन्टका डीजीएम चिरञ्जीवी घिमिरेले जगदम्बा सिमेन्टका बारेमा जानकारी प्रदान गराएका थिए।
कार्यक्रम बिर्तामोड, इटहरी र लहान गरी ३ स्थानमा आयोजना गरिएको थियो। यी ३ स्थानमा भएका कार्यक्रममा ३८६ जना इन्जिनियर तथा ठेकेदारहरुको सहभागिता थियो। कार्यक्रम आयोजना भएको प्रत्येक स्थानमा कम्पनीले लक्की ड्रमार्पmत एकजनालाई स्मार्ट टीभी उपहारसमेत दिएको थियो।
सौरभ ग्रुपअन्तर्गतको सर्वाेत्तम स्टिल Fe500 फलामे डन्डी (सर्वोत्तम सुपर ग्रिप) नयाँ जमानाको यस्तो फलामे डन्डी हो। जसले सर्वाेत्तम लचकता तथा मजबुतीलाई एक समान रुपमा प्रस्तुत गरेको छ। यो फलामे डन्डी आफ्नो डायमन्ड रिबका कारण अन्य फलामे डन्डीभन्दा निकै फरक छ।
यस किसिमको अतुलनीय विशेषता यस फलामे डन्डीले नेपालमै पहिलो पटक प्रस्तुत गरेको छ। आफ्नो यही अद्भुत डायमण्ड रिबका कारण यसले अन्य फलामे डनडीको तुलनामा कंक्रिटसँग ६०% बढी पकड शक्ति प्रदान गर्छ। यस फलामे डन्डीले नेपालमा उपलब्ध Fe500 ग्रेडका फलामे डन्डीहरुको गुणस्तरलाई एक नयाँ आयाम दिने यात्रा प्रारम्भ गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago