काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) को आयोजनामा ओमानमा सुुरु हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टिम आज सलाम एयरमार्फत ओमान प्रस्थान गरेको छ।
१७ खेलाडी तथा ५ खेल पदाधिकारीसहित कुल २२ जनाको टिमलाई सलाम एयरको नेपालस्थित जीएसए आइएमई ट्राभलका सञ्चालक एवं आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले सम्मानसहित बिदाइ गरेका थिए। आईसीसी सीडब्ल्यूसी लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच ट्राई–सिरिजका लागि नेपाली राष्ट्रिय टीमका खेलाडीहरू सलाम एयरमार्फत आजै ओमानतर्फ प्रस्थान गरेका हुन्।
बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका प्रवन्ध निर्देशक ढकालले अन्तर्राष्ट्रिय सिरिजका ३२ खेलमध्ये यो विदेशमा खेलिने पहिलो खेल भएको उल्लेख गर्दै यसै प्रतियोगिताबाट विजयीको सुरुआत हुने विश्वास व्यक्त गरे। नेपाली क्रिकेट टिमको खेल प्रदर्शनले सबैलाई आशावादी बनाएको उल्लेख गर्दै ढकालले क्रिकेटले नेपालको पर्यटन प्रवद्र्घनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रवन्धक विनोद दासले नेपालको एक उदयीमान व्यापारिक समुह आइएमई ग्रुप र अन्तर्राष्ट्रिय उडानमा ख्याती कमाउँदै आएको सलाम एयरको यो सहयोगले आफू र आफ्नो टिमलाई हौसला प्रदान गरेको बताए।
आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले राष्ट्रकै गौरवका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै भविष्यमा समेत यस्तै सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago