काठमाण्डौ । सलाम एयरलाइन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ।
सलाम एयरले सन् २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो।
सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तब्यमा नियमित तथा केही अन्य गन्तव्यमा सिजनल सेवा पुर्याउँदै आएको छ। नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ।
हालै काठमाण्डौस्थित एलफ्ट होटेलमा आयोजित एक विशेष कार्यक्रमबीच सलाम एयरलाइन्सले नेपालमा क्रियाशिल ट्राभल्स एजेन्सीहरुलाई विभिन्न विद्यामा सम्मानित गरेको हो।
विभिन्न विद्याअन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि, एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि, हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रालि, वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि, प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि, रस्बिता ट्राभल्स एन्ड टुर्स प्रालि र सी लिन्क ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएका छन्।
त्यस्तै मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रिब्युटर अवार्डबाट मस्र्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएको छ। हाइऐस्ट एन्सिलरी रेभिन्यु कन्ट्रिब्युटर अवार्ड जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रालि र राइजिङ स्टारअन्तर्गत मार्वलस ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मानि भएका छन्।
सोही अवसरमा सलाम एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौमा सञ्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरुका लागि काम गरिरहेको संस्था नेपाल स्नेही काख नेपाललाई खाद्य सामग्री तथा लत्ताकपडा वितरण पनि गरेको छ।
सलाम एयरलाइन्सको नेपालस्थित जीएसए आइएमई इन्टरनेसनल ट्राभल्स प्रालिले आयोजना गरेको उक्त कार्यक्रम आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सलाम एयरका प्रतिनिधिहरुले विजेता ट्राभल्सहरुलाई बधाइ दिँदै आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको बताए।
आइएमई इन्टरनेसनल ट्राभल्स आइएमई गु्रपद्वारा सञ्चालित गु्रपको एक भगिनी संस्था हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19