काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच गाडी खरिदका लागि ग्राहकलाई कर्जा सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। 

आज आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुुख कर्जा अधिकृत रजित मास्के र सिप्रदीका तर्फबाट प्रमुख बजार व्यवस्थापक अणुपमनि ढकालले हस्ताक्षर गरेका छन्। यो सम्झौताअनुसार अब बैंकका ग्राहकले TATA SCV cargo and Pick up vehicle  ब्रान्डको गाडीको आधिकारिक बिक्रेता सिप्रदीबाट नयाँ गाडी खरिद गर्न चाहेमा आकर्षक व्याजदरमा सम्पूर्ण गाडीको मूल्यको ७० प्रतिशतसम्म बिना धितो कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन्। ग्राहकबाट सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ३ दिनभित्र उक्त गाडी खरिदका लागि कर्जा प्रदान गरिने बैंकले जनाएको छ। 

यस सेवाअन्तर्गत ग्राहकले बैंकको हाल सञ्चालनमा रहेका ९५ वटै शाखाबाट आफ्ना ग्राहकलाई यस किसिमको कर्जा प्रदान गरिने बताइएको छ।