काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हालै निश्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ। 

आज नेप्से र सांग्रिला डेभलपमेन्ट बैंकबीच ९% व्याजदर भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७’ नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो। 

सांग्रिला डेभलपमेन्ट बैंकको प्रतियुनिट रु. १००० मूल्य कायम भएको कुल ७ लाख ५० हजार युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । योसँगै अब निकट भविष्यमै सांग्रिलाको यो ऋणपत्रको कारोबार गर्न सकिनेछ। 

सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि सो ऋणपत्रका युनिटहरुको बिक्री खुलाएको थियो। यसरी सर्वसाधारणमा वितरण गरिएको ७ लाख ५० हजार थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनिययमावली, २०७५ बमोजिम नेप्सेमा सूचीकरण भएको हो। 

बैंकको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको थियो।