काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सीडीएस एन्ड क्लियरिङ लिमिटेडबीच निक्षेप सदस्यतासम्बन्धी सम्झौता सम्पन्न भएको छ।
यो सम्झौतासँगै अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यका रुपमा सर्वसाधारणलार्ई सेवा सुविधा प्रदान गर्ने भएको छ। पुतलीसडकस्थित सीडीएससीको कार्यालयमा एक कार्यक्रमका बीच सीडीएससीका प्रमुुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्र्र्र्य र बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
योसँगै अब निकट भविष्यमै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयमार्फत निक्षेप सदस्यतासम्बन्धी कार्य सञ्चालनमा ल्याउनेछ।
बैंकप्रति आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले मुलुकभर ९६ शाखा कार्यालय, ३१ एटीएमबाट बैंकिङ सेवा प्रदान गर्नुका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19