काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै पर्साको वीरगन्जस्थित लिंकरोडमा आज असोज ४ गतेबाट शाखा सञ्चालनमा ल्याएको छ। 

वीरगन्ज शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ।  

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ। बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएकोसमेत जनाएको छ।