काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७ औँ वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज बर्दियाको भुरिगाउँमा शाखा सञ्चालनमा ल्याएको छ। 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. १ भुरीगाउँमा शाखा सञ्चालनमा ल्याएको हो। भुरिगाउँ शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। 

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९९ पुगेको छ।  

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिँदै आएकोमा यो शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बंैकिङ सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ। 

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएको समेत जानकारी गराएको छ। 

बैंकले आफ्ना ग्राहक तथा सेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औँ वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ। यसका साथै अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ।