काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धादिङ धार्के गाउँपालिका–५ मा सन्चालित प्रेमसागर फाउन्डेसन नेपाललाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त आर्थिक सहयोगले फाउण्डेशनद्वारा धार्के गाउँपालिकामा सन्चालित जन भोजन कार्यक्रमअन्त्तर्गत दैनिक बालबालिका तथा अशक्त वृद्धवृद्धा गरी करिब ५०० जनालाई दैनिक निःशुल्क भोजन गराउँदै आएको र साथै करिब १५०० जना स्कुले बालबालिकाहरुलाई विद्यालयमै खाजा पुर्याउँदै आइरहेको सामाजिक कार्यमा सहयोग पुग्ने विश्वास बैंक लिएको छ ।

उक्त संस्थालाई ५० हजार रुपैयाँको चेक बैंकको तर्फबाट महाप्रबन्धक अपुर्वप्रसाद जोशीद्वारा प्रेमसागर फाउण्डेशनका कोषाध्यक्ष दुर्गादत्त घिमिरेलाई हस्तान्तरण गरिएको छ । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेलाबेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकताअनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ ।