काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ९ शाखामार्फत आज सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ। 

बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७ औँ वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज देशभर रहेका ९९ शाखा कार्यालयहरुमध्ये इटहरी, दार्चुला, बैतडी, गोरुसिंगे, वयलवास, मलेखु, अमरापुरी, भुमही र चाबहिल शाखा कार्यालयहरुले विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको हो। 

इटहरी शाखा कार्यालयले बौद्धिक अपांगता भएका महिला तथा बालबालिकाहरु रहेको संस्था “माया घर” लाई खाद्यान्न वितरण गरेको छ। दार्चुला शाखा कार्यालयले दार्चुला जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण र स्थानीय समुदायमा सरसफाइ कार्यक्रम गरेको छ। 

त्यस्तै बैतडी शाखा कार्यालयले राधाकृष्ण र उदयदेव मन्दिरमा सरसफाइ कार्यक्रम र गोरुसिंगे शाखा कार्यालयले स्थानीय समुदायमा सरसफाइ गरेको छ। 

काठमाण्डौ चाबहिल शाखा कार्यालयले चाबहिल गणेशस्थान मन्दिरमा सरसफाइ कार्यक्रम गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ।  यसका साथै बयलबास शाखा कार्यालयले फुजोड मन्दिरमा सरसफाइ र डस्टविन वितरण तथा मलेखु शाखा कार्यालयले भद्रकाली मन्दिरमा सरसफाइ कार्यक्रम गरेका छन्। 

बैंकको अमरापुरी शाखा कार्यालयले डस्टबिन वितरण र भुमही शाखा कार्यालयले पवित्रा वृद्धाश्रमलाई खाद्यान्न वितरण लगायतका सामाजिक उत्तरदायित्व न्तर्गतका कार्यक्रमहरु गरी विभिन्न शाखा कार्यालयमार्फत आजको कार्यक्रम सम्पन्न गरिएको छ।  

विभिन्न शाखा कार्यालयमा विभिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनीय व्यक्तिहरुको सहभागिता थियो। यस किसिमका सहयोगसम्बन्धी कार्यक्रमले विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ। यसका साथै अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ।