काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै  सर्लाहीको नगरपालिका वडा नं. ६ स्थित बरहथवा शाखा संचालनमा ल्याएको छ । 

बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो । 

बरहथवा शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । 

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०१ पुगेको छ।  

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंकले विश्वास व्यक्त गरेको छ ।