काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीणका साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राममा शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले बिहीबारबाट मणिग्राम शाखा सञ्चालनमा ल्याएको हो। मणिग्राम शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। 

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०२ पुगेको छ।  

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधा दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ। बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएको छ।