काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंकले आज सोमबारदेखि बर्दियाको सानोश्रीमा शाखा सञ्चालनमा ल्याएको छ। 

सांग्रिला डेभलपमेन्ट बैंकले सहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै मधुवन नगरपालिका–६ सानोश्रीमा शाखा विस्तार गरेको हो। योसँगै बैंकको कुल शाखा संख्या १०५ पुगेको छ।

सानोश्री शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधा दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकरुलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ। 

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएकोसमेत जनाएको छ। 

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा सेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भएको छ। यसका साथै अबका दिनमा समेत यस कसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ।