काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीणका साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा  सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले बिहीबार उक्त शाखा सञ्चालनमा ल्याएको हो। सल्लीबजार शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। 

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०७ पुगेको छ। आजको यो शाखाको उद्घाटन वनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्दकुमार पुनले गरेका थिए। 

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त छ। 

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएको छ।