काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका वडा नं. २ मा शाखा विस्तार गरेको छ। बैंकले सोमबार उक्त शाखा सञ्चालनमा ल्याएको हो। 

चौरजहारी शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। 

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०८ पुगेको छ। आजको यस शाखाको उद्घाटन चौरजहारी नगरपालिकाका मेयर विशाल शर्माले गरेका थिए। 

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधा दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त छ। बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ।